काठमाण्डौ । मन्त्रिपरिषद्लाई पूर्णता दिनुअघि सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच अहिले बालुवाटार छलफल सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले भागवण्डा अनुसार नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले समान ४÷४ मन्त्रालय लिने सहमतिलाई अतिम रुप दिनेछ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक÷एक राज्यमन्त्री पनि पाउनेछन । माओवादीले ३ मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।

एकीकृत समाजवादीले मन्त्रालय भागवण्डामा असन्तुष्टि जनाएको छ । आजको स्थायी कमिटी बैठकले मन्त्रालयका बारेमा पुर्नविचार गर्ने निष्कर्ष निकालेको नेता विरोध खतिवडाले जनाकारी दिनुभयो । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने प्रतिवद्धता जनाइसकेको छ ।००००