काठमाण्डौ । नेकपा माओवादी केन्द्रले नेकपा एमालेको नयाँ लोगोप्रति आपत्ति जनाएको छ ।
एमाले भर्खरै सार्वजनिक गरेको लोगो आफ्नो पार्टीसँग मिल्दोजुल्दो भएको भन्दै माओवादीले आपत्ति जनाएको हो । एमालेको असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशनले नयाँ लोगो सार्वजनिक गरेको थियो । एमालेले नयाँ लोगोमा सूर्य चिह्नभित्र गोलाकार भित्रको हँसिया हथौडा राखेपछि माओवादीले विरोध जनाएको हो ।
माओवादी केन्द्रको चुनाव चिह्न पनि गोलाकार भित्रको हँसिया हथौडा भएकाले एमालेले आफ्नो पार्टीको लोगोसँग मिल्दोजुल्दो राखेकाले आपत्ति जनाएको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो । एमालेले लोगो परिवर्तान नगरे कानुनी उपचारमा जाने उहाँले बताउनुभयो ।००००