काठमाण्डौ । गृह मन्त्रालयले चाडपर्व अवधिभर बिदा नबस्न देशभरका प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको छ ।

गृहको उक्त निर्देशनसँगै अत्यावश्यक काम र गृह मन्त्रालयको अनुमतिबाहेक प्रजिअ सहित गृह मन्त्रालय मातहतका सुरक्षा प्रमुखहरुले जिल्ला छोडेर बाहिर जान नपाउने भएका छन् । गृहको निर्देशनसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरुलाई पनि चाडपर्वमा घरबिदामा जान रोक लगाइएको छ ।

यसैगरी चाडपर्वको समयमा सर्वसाधारणले २४ सै घन्टा ठाडो निवेदन दर्ता र गुनासो गर्न मिल्ने व्यवस्था मिलाउन पनि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । जिल्लाको अवस्था अनुसार पर्व सुरक्षा योजना लागू गर्न पनि गृहले निर्देशन दिएको छ ।००००