काठमाण्डौ । रोजगार अनुमती प्रणली ईपिएस कोरियन भाषा पास गरेर बसेकाहरुलाई खुसीको खबर प्राप्त भएको छ ।

नेपाल सरकार ईपिएस कार्यालय ग्वार्काेले लामो समयसको अन्तराल पछि सिसिभिआई फाराम भर्ने सम्बन्धि सूचना निकालेको हो । ईपीएस कोरिया शाखाले कमिटेड कामदारका रुपमा गणतन्त्र कोरियाबाट नेपाल फर्केकाहरुलाई सिसिभिआई फाराम भर्ने सुचना निकालेको हो । ईपीएस कोरिया शाखाले पहिलो चरणमा ११९ जना कामदारहरुको नाम प्रकासित गरेको छ ।

सिसिभिआई फारम यही असोज १७ देखि आउदो असोज २५ गते सम्म भर्न भनिएको छ । कमिटेड कामदार कार्यालयमा आफै सहभागी भएर उक्त फारम भर्न सक्ने छन । कोरियाको पहिलो सर्त कमिटेड कामदार लिने र दोस्रो चरणमा भाषा पास गरेर प्रकृया पुरा गरेका कामदारलाई लैजाने रहेको छ ।

यी हुन भाग्यमानी ११९ जना कामदारहरु