सिन्धुली। एकीकृत अखिल नेपाल शिक्षक संगठन दुधौलीनगर कमिटीको नगर परिषद आज दुधौलीमा सम्पन्न भएको छ। दुधौलीनगर कमिटीको नगर परिषदका सम्योजक कमल बस्नेको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै जिल्ला पार्टि इन्चार्ज दाहालले शिक्षकहरुले राजनीति भुमिका, सामाजिक भुमिका पेशागत हक हित र शिक्षकको संरक्षण गर्न सक्नुपर्ने बताउनुभयो । सत्यको अंन्बेसण गर्ने,सत्यल्लाई आत्मसात गर्ने,सत्री मार्फत विद्यार्थी र समाजलाई प्रशिक्षित गर्ने आजको रहेको उहाँको भनाई रहेको छ । बिद्यार्थिलाई ज्ञान,अनुशासन, समाजबादी आदर्श र सस्कार दिन सक्नु गर्ने उहाँको तर्क रहेको छ । कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय संयोजक रामकुमार पौडेल, (ग्ब्ल्त्इ) प्रदेश कमिटी सदस्य मोहन गौतम, माओवादी केन्द्र दुधौली नगर इन्चार्ज मात्तृका भट्टराई, जिल्ला समन्वय सिन्धुलीका उप(प्रमुख सम्झना अधिकारी दनुवार,जिल्ला कमिटी सदस्य तथा दुधौली नगर अध्यक्ष दिपक खड्का, जिल्ला कमिटीका हेम कार्की लगायतको उपस्थिती रहेको थियो ।
