सिन्धुली । भ्रष्ट्रचार गर्ने समाजमा दुख दिने व्यक्तिलाई कालोमोसो दलेर गाउँ निकाल्न माओवादी केन्दका केन्द्रीय सदस्य तथा जिल्ला पार्टि इन्चार्ज लेखनाथ दाहाल “राजन”ले निर्देशन दिनुभएको छ। माओवादी केन्द्र फिक्कल गाउँकमिटीको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो।
उहाँले भ्रष्ट्रचार गर्ने, जाली झेली, ठग, शोषण गर्ने, कुकर्म गर्ने व्यक्तिलाई कालोमोसो दलेर गाउँबाट लखेट्न स्थानीय बासीलाई निर्देशन दिनुभएको हो। माओवादी केन्द्रकै त्यस्ता अयोग्य व्यक्ति निस्किन्छन् भने त्यस्तालाई पार्टिमा नराख्न उहाँले बताउनु भयो । उहाँले भन्न्भयो “पिडा दिने र पिडा सहने दुबै माओवादी होइन । अन्यायमा चुप लागेर बस्न पनि हुँदैन । माओवादीको यजेण्डा बोकेर हिड्ने एमाले र काङ्ग्रेस माओवादीको भरिया हो ।
"फिक्कल गाउँकमिटीको भेला तथा प्रशिक्षण कार्यक्रम माओवादीका गाउँ कमिटी अध्यक्ष लोकेन्द्र कार्किको अध्यक्षता तथा माओवादी केन्दका्र केन्द्रीय सदस्य तथा जिल्ला पार्टि इन्चार्ज लेखनाथ दाहाल “राजन”कोप्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेला तथा प्रशिक्षणमा माओवादी केन्द्रका जिल्ला सम्योजक राम कुमार पौडेल,फिक्कलका वाइसियल सम्योजक छबिरमण पहाडि,अनेरास्ववियु का्रन्तिकारि फिक्कलका सम्योजक विपिन पहाडि लयायतको उपस्थिती रहेको थियो ।
