रामेछाप । सुनकोशी दोस्रो जलविद्युत आयोजनाको विरोध गर्दै आएका प्रभावित क्षेत्रका माझी समुदायले आयोजना खारेजीको माग गर्दै ज्ञापन–पत्र बुझाएका छन् । 

आयोजना लागू हुँदा माझी समुदायको अस्तित्व नै समाप्त हुने भन्दै आयोजना खारेजीको माग गरेका हुन् । उर्जा, जलश्रोत तथा सिचाईं मन्त्रालय अन्तर्गत विद्युत विकास विभागबाट प्रस्तावित जलाशयमा आधारित ९ सय ७८ मेगावाट क्षमताको सुनकोसी दोस्रो जलविद्युत आयोजना खारेजीको माग गर्दै प्रभावित क्षेत्रका माझी समुदायले जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत ज्ञापन–पत्र बुझाएका छन् । आयोजनाको विरुद्धमा संघर्ष समिति बनाएर आन्दोलन गर्दै आएका प्रभावि क्षेत्रका माझी समुदायले आयोजना खारेजीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन ।

आदिबासी माझी समुदायलाई जानकारी नै नदिई आयोजना लागू गर्न खोजेको भन्दै जबर्जस्ती आयोजना लागू गरेमा त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी पनि सरकारलेनै लिनुपर्ने स्थनीयको भनाइ छ । माझी समुदायको जन्मदेखि मृत्यु संस्कारसम्म नदी अनिवार्य भएकाले आयोजना लागू हुँदा माझी समुदायको संस्कार, संस्कृति, रीतिरिवाज र परम्परा समाप्त हुनुका साथै माझी जातिको अस्तित्व नै संकटमा पर्ने भएकाले आयोजना अगाडि बढ्न नदिने माझी समुदायको भनाई छ । प्रभावित क्षेत्रका स्थानीयले बुझाएको ज्ञापन–पत्र सम्बन्धित निकायमा पु¥याइदिने जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । आयोजना लागू हुँदा ७ हजार घर परिवार विस्थापित हुने छन् भने ४ लाख मानिस प्रभावित हुनेछन् ।