काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको दावी भुक्तानीमा चासो राख्नु भएको छ ।

विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री शर्माले छलफल शुरू गर्नुभएको हो । मन्त्री शर्माले आज बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीको लागि आवश्यक स्रोत साधन र उपायका विषयमा छलफल गर्नुभएको छ ।

अर्थमन्त्री शर्माले भुक्तानी गर्न बाँकी कोरोना बिमाको विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन समेत दिनु भएको छ । विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको छ ।