तस्वि‍र: गुगलबाट साभार

सिन्धुली। अहिलेको युग विज्ञान र प्रविधिको युग हो। पछिल्लो समय हातहातमा इन्टरनेट पुगेको छ । यसबाट उत्पन्न हुने साइबर अपराध नेपालका लागि खतरनाक बनेको छ। हाल सिन्धुलीमा पनि साइबर अपराधका घटना दिनादुदिन बढिरहेको छ ।

साइबर अपराध कम्प्युटर र इन्टरनेटबाट गरिन्छ साइबर गरिन्छ । वेवसाइट तथा इमेल ह्याकिङ, चरित्रहत्या, डाटा चोरी, इन्टरनेटमार्फत व्ल्याकमेलिङ, इन्टरनेट बैंकिङ जालसाजी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याउने क्षति साइबर क्राइम हुन् । सिन्धुलीमा हाल धेरै जसो पद धारण गरेका ब्यक्तिहरुको फेसबुक अकाउण्ट ह्याक हुने गरेको पाइन्छ । सिन्धुलीको दुधौली नगरपालिकाका नगर प्रमुख घनश्याम राउतको दुइपटक ब्यक्तिगत फेसबुक अकाउण्ट ह्याक भइसकेको राउत जानकारी दिनुभयो। पहिलो पटक फेसबुक अकाउण्ट ह्याक भएपछि जिल्ला प्रहरी कार्यलय दुधौलिमा निबेदन दिनुभएको थियो।

जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी प्रबक्ता मनोज लामाका अनुसार साइबर अपराधका घटना साइबर ब्युरो काठमान्डौँले मात्रै हेर्ने भएकाले उक्त निबेदन काठमान्डौँमा पठाएको बताउँदै हाल उक्त अकाउण्ट बन्द भएको बताउनु भयो । केहि समयको अन्तरालमा नगर प्रमुख राउतले नयाँ अकाउण्ट खोल्नुभएको थियो हाल उक्त फेसबुक अकाउण्ट पनि ह्याक भएको राउतले बताउनु भयो । आफ्नो फेसबुक अकाउण्ट बाट अरुलाई म्यासेज गर्ने गरेको उहाँले बताउनु भयो । हाल सम्म जिल्लामा १० वटा साइबर अपराधको निबेदन परेको प्रहरी प्रबक्ता लामाले जानकारि दिनुभयो । जसमध्ये १० वटा फेसबुक ह्याक गर्ने अथवा फेक अकाउण्ट खोलेको र एउटा ह्वाट्स एप ह्याक गरेको निबेदन परेको थियो । जसमध्ये ७ वटा फेसबुक अकाउण्ट बन्द भइसकेको र एउटा फेसबुक अकाउण्ट ह्याक गर्ने ब्यक्तिको पहिचान गरि काठमान्डौँ अदालतमा मुद्धा चलिरहेको बताउनु भयो । एउटा फेसबुक अकाउण्ट बन्द गर्ने बाँकि रहेको छ । ह्वाट्स एप ह्याक भएको बन्द भइसकेको प्रहरी प्रबक्ता लामाले बताउनु भयो । इन्टरनेटबाट आर्थिक ठगि गरेको भन्दै ४ वटा निबेदन परेको छ ।

कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादु खत्रिको करिब २ महिना अघि ब्यक्तिगत ंफेसबुक अकाउण्ट ह्याक भएको जानकारि गराउनु भएको थियो । प्रहरी प्रबक्ता लामाले सिन्धुलीमा साइबर क्राइमका केस नहेर्ने भएकाले सिदैँ साइबर ब्युरो काठमान्डौँमा सम्पर्क हुने भएकाले सिन्धुलीमा साइबर क्राइमको संङ्ख्या हुन सक्ने अनुमान गर्नुभएको छ । ब्यक्तिले आफ्नो फेसबुक अकाउण्ट सुरक्षित भएर नचलाउँदा साइबर क्राइम बढ्न सक्ने उहाँले बताउनु भयो । समयमानै सुरक्षित भएन भने यो घटनाले विकराल रुप लिन सक्ने भएकाले इन्टरनेट प्रयोग कर्ताले सुरक्षित तवरले प्रयोग गर्ने उहाँले अनुरोध गर्नुभएको छ । जिल्लामा साइबर ब्युरो नहुँदा पिडितले न्याय पाउँन ढिलाई भएको छ ।