काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भोली सत्ता गठबन्धन दलको बैठक बोलाउनुभएको छ ।

लामो समयदेखि मिति सर्दै आएको मन्त्रिपरिषद विस्तार गर्नका लागि गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । गत बिहीबार बसेको गठबन्धन बैठकले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्ने र तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी गरेको थियो, तर अध्यादेश खारेजी गरेपनि मन्त्रिपरिषद विस्तारको काम हुन सकेको छैन । गठबन्धनमा मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रिपरिषद विस्तार हुन नसकेको बताईएको छ । भोलिको बैठकमा जसरीपनि मन्त्रालय बाँडफाँडको अन्तिर रूप दिइ पर्सी शुक्रवारसम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री देउवा रहनुभएको बताईएको छ ।

यसै विषयमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच लामो छलफल भएको थियो । दाहालसँगको भेटपछि देउवाले गठबन्धनको बैठक बोलाउनु भएको हो ।