सिन्धुली। जिल्ला प्रहरी कार्यलय सिन्धुली र जिल्लाका पत्रकारहरुसँग आज अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नजिकिदै गरेको चाडवाडमा हुन सक्ने घटना लगायत हालको अवस्थाको बिषयमा प्रहरी र पत्रकार बिच छलफल भएको हो।
अन्तर्क्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्द थपलियाले बैशाखबाट जिल्लामा घटेका घटनाको तथ्याङ्क सहित प्रस्तुत गर्नुभएको थियो। बैशाखबाट हाल सम्म जिल्लामा १३ हजार १ सय २ वटा सवारि साधन विभिन्न कसुरमा कारबाहिमा परेका छन्। जसबाट १ करोड ३४ लाख ५ हजार राजस्व संकलन गरिएको प्रहरी प्रमुख थपलियाले जानकारि दिनुभयो । जिल्लालाई अप्रिय घटनाबाट सुरक्षित गर्नेको लागि सवारि साधन चेक जाँचमा कडाई गरिएको उहाँको भनाई रहेको छ । त्यस्तै दोब्बर भाँडा अशुल गरिएको ६ लाख १७ हजार ११ रुपैयाँ असुल गरि यात्रु लाई फिर्ता गरिएको जिल्ला ट्राफिक प्रमुख कृष्ण क्षेत्रिले जानकारि दिनुभयो ।
बैशाखबाट यता ९१ वटा सवारी साधन दुर्घटनाबाट १० जना मानिको मृत्यु,३६ जना गम्भिर घाइते र १ सय १० जना सामान्य घाइते भएको भएका छन्। त्यस्तै पत्रकार अनिल भण्डारिले दशै तिहारमा यात्रुहरु ठगिने भएकाले सिन्धुलीका यातयात ब्यबसायि सँग छलफल गरेर भाँडा तोक्नुको लागि प्रहरी समक्ष अनुरोध गर्नुभएको छ। गाडि चालकले मनपरि भाँडा अशुल्ने भएकाले गम्भिर भएर लाग्नको लागि अनुरोध गर्नुभएको हो ।
चाडवाडको समयमा गाडिले क्षमता भन्दा बढि यात्रु बोक्ने भएकाले दुर्घटना हुनेभएकाले यस्ता कार्यलाई रोक्नुपर्ने, सिन्धुलीमा मटरसाइकल बढि जसो चोरि भएकाले यसको नियन्त्रण गर्नूपर्ने,सिन्धुली बजार मात्रै नभई भित्रि सडकबाट पनि लागु ओैषध लगायत अन्य बस्तुहरुको ओसारपसार हुनेभएकाले लागि पत्रकारहरुले जिल्ला प्रहरी कार्यलय सिन्धुलीलाई ध्यानाकर्षण लागि अनुरोधल गरिएको छ । त्यस्तै चाडबाडको समयमा अखाद्य बस्तु तथा मिती नागिएका खाद्य पदार्थको बक्रि बितरण हुने, दोब्बर मुल्य अशुल्ने गरेकाले अनुगमनको लागि अनुरोध गरिएको छ। जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी प्रबक्ता मनोज लामाले नजिकीदै गरेको चाडलाई मध्यनजर राख्दै सुरक्षा योजनाका लागि ३ सय ९९ जना प्रहरी परिचालन गरिएको जानकारि दिनुभयो । त्यस्तै रात्रिकालिन बेस क्याम्प तथा सहायता कक्षको स्थापना गरिने बताउनु भयो । साथै सल्लाह सुझाबलाई आत्मसाथ गरि सुरक्षामा कडाई गरिने प्रहरी प्रमुख थपलियाले प्रतिबद्धता गर्नुभयो ।
