काठमाडौं । नेकपा माओवादी केन्द्रले ७ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले ५ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको हो ।

माओवादीे केन्द्रले यसअघि मन्त्री नभएकालाई सरकारमा पठाउने तयारी गरेको छ । अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल मन्त्री भइसकेका छन् । माओवादीबाट तीन मन्त्री र एक राज्यमन्त्री थप्ने तयारी छ ।

एक नेताका अनुसार सरकारमा सहभागी हुने मन्त्रीमा यसअघि मन्त्री नभएका सांसदले अवसर पाउने भएका छन् । जसअनुसार स्थायी समितिमा रहेका नेताहरूमध्येबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङलगायतको नाम पनि चर्चामा छ । मधेसबाट यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ । महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठमध्येबाट मन्त्री हुने बढी सम्भावना छ ।