सिन्धुली । जिल्ला प्रहरी कार्यलय भिमानले लागू पदार्थ सहित १ जना पुरुषलाई नियन्त्रण लिएको छ। सिन्धुलीको कमलामाई नगरपालिका -९ भिमान चोरखोला स्थित भिमाान ईलाका प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले सुमोमा लुकाई छिपाई ल्याएको लागू पदार्थ सहित एक पुरुषलाई नियन्त्रणमा लिएको हो।
बर्दिबासबाट काठमाडौं तर्फ जाँदै गरेको सुमोमा महोत्तरी घर भएका २१ वर्षिया राहुल शाहले काखमा लुकाएर ल्याएको अवस्थामा लागू पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी प्रवक्ता मनोज लामाले जानकारी दिनुभयो। लेदरको झोलामा लुकाएर ल्याएका निट्राजेपाम ट्याबलेट आइपि २० पत्ता १ पत्तामा १५ पिसको दरले ३ सय पिस र चरेश जस्तो देखिने कालो ठोस पदार्थ २ ग्राम २ सय ४० मिलि ग्राम फेला पारेको हो। शाहलाई नियन्त्रणमा लिई आवश्यक कारबाहि अगाडि बढाइने प्रवक्ता लामाले जानकारी दिनुभयो ।
