सिन्धुलीमाढी। सिन्धुली स्थित मदन भण्डारी राजमार्गमा मोटरसाइकलले ठक्कर दिएर घाइते भएका पैदल यात्रीको मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका -१२ कल्याणपुरमा झुगाबाट भिमान आउँदै गरको मोटरसाइकलले पैदल यात्री तिनपाटन गाउँपालिका वडन नं. -२ का ५८ बर्षका देवी बहादुर पुलामीलाई असोज ८ गते शुक्रबार बिहान ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी प्रवक्ता मनोज लामाका अनुसार पुलामीको टाउको, हातखुट्टा तथा शरीरमा चोट लागि गम्भिर घाइते भएकाले काठमाडौं केयमसी अस्पतालमा उपचारका लागि पठाईएको थियो। उक्त हस्पिटलले हिजो घाइते पुलामीको मृत्यु भएको पुष्टि गरेको प्रवक्ता लामाले जानकारी दिनुभयो। पैदल यात्रिलाई ठक्कर दिने ज ९ प ४३६९ नम्बरको मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।
