रामेछाप । रामेछापको सुनापति गाउँपालिका–४ बेथानको पानी ट्याङ्कीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।
प्रदेश ३–०१–०२४ च १४४० नम्बरको जीप हिजो बेलुका दुर्घटना हुँदा सुनापति गाउँपालिका(३ हिलेदेवीकी ४३ वर्षीया शारदा खत्रीको ज्यान गएको हो । उहाँको काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान ज्यान गएको हो । दुर्घटनामा घाइते भएका अन्यको भने उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएका नेपाली कांग्रेस रामेछापका पार्टी उपसभापति जितेन्द्र मोक्तान, मेगबहादुर खत्री र प्रकाश गौतम र गाडी चालक रामकुमार लामाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।