सिन्धुलीमाढी। ऐतिहासिक सिन्धुलीगढिको मुख्य स्थान पौवागढि ओझेलमा परेको छ। सिन्धुलीगढिको पुन संरचना तथा युद्ध संग्राहलयको स्थापना भएपनि सिन्धुलीगढिको अर्को मुख्य स्थान पौवागढि भने ओझेलमा परेको हो।
कमलामाई नगरपालिका वडा नं. -३ स्थित पौवागढि काठमाडौंबाट जाने फर्किने त्यस्तै लामा बगर हुँदै तिब्बत जाने एउटैमात्र नाका रहेको सिन्धुलीगढि पुस्तकका लेखक सागर कुमार ढकालले इतिहासमा रहेको बताउनु भायो। इतिहासमा भारी अनुसारको भन्सार अशुल गर्ने भएकाले पौवागढिलाई पुच्छ्रे ‘कर’ भन्ने गरेको ढकालको भनाई रहेको छ। पौवागढि त्यो समयमा मुख्य आम्दानी हुने ठाउँ भएकाले मल्लहरुले कब्जा गरेका थिए। त्यस्तै, किन्लक राजाले पनि पौवागढि (आणा) लाई कब्जा गरेका थिए। मकवानपुर राज्य गोर्खाले जितेपछि मकवानपुर जित्नुभन्दा ७ दिन अगाडी गोर्खाली सेनाले पौवागढि पनि जितेको इतिहास रहेको उहाँले बताउनु भयो। पौवागढि जितेको ५ बर्ष पछि सोहि पौवागढिबाट अङ्ग्रेजलाई गोर्खाली सेनाले लखेटेका थिए।
पौवागढि घुम्न आउने पर्यटकलाई सहजिकरण नभएकाले पनि पौवागढिमा पर्यटक जाँदैनन्। पौवागढि बिपि राजमार्गसँग जोडिएकाले बिशेष गरी पार्किङ गर्ने स्थान छैन। कमलमाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीले पौवागढिको संरक्षणका लागि पहल गर्ने बताउनु भयो। यसैबीच ऐतिहासिक सिन्धुलीगढिमा पर्यटकको आकर्षण बढ्दो रहेको छ । जापान, भारत र चीनबाट पनि पर्यटकहरु आउने नगर प्रहरी हवल्दार इन्द्र गौतमले जानकारी दिनुभयो।
सिन्धुलीगढिमा युद्ध संग्राहलय स्थापना तथा विभिन्न ऐतिहासिक वस्तुको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन्। सिन्धुलीको छिमेकि जिल्लाहरु लगाायत पूर्वको झापा, मोरङबाट पनि पर्यटक आउने गरेको हवल्दार गौतमले बताउनु भयो। उहाँका अनुसार युद्ध संग्राहलय स्थापना भएदेखि अहिले सम्म १४ हजार भन्दा बढि पर्यटक भित्रिएका छन्। जसबाट ७ लाख ५१ हजार भन्दा ३० रुपैया रकम संकलन भएको छ ।
