सिन्धुली। तीनपाटन गाउँपालिकाको वडा नं. ९, आम्बोटेमा बिजुली प्रवाहका लागी २५ लाख बजेट बिनियोजन गर्ने माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज लेखनाथ दाहाद ‘राजन’ले घोषणा गर्नुभएको छ। उहाँले आम्बोटेमा अब, विद्युतीकरणका लागी २५ लाख बजेट बिनियोजन गर्ने घोषणा गर्नुभएको हो।

तीनपाटन गाउँपालिका वडा नं. -९, माओवादी केन्द्र वाइसियलको वडा भेला तथा पार्टि प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जिल्ला इन्चार्ज दाहालले यस्तो बताउनु भएको हो। साथै उहाँले कार्तिक मंसिरसम्म चकमकेखि अरुणककुर जोड्नका लागि सडक निर्माणको लागि आवश्यक बजेटको लागि पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ। सम्बोधनका क्रममा आम्बाोटे स्वास्थ्यचौकिमा बिरामी राख्ने बेड समेत नरहेको भन्ने गुनासो आएकाले त्यहाँको स्वास्थ्यचौकीलाई स्वास्थ्य सामाग्रीको व्यवस्था यथासक्य छिटो गर्ने बताउनु भयो।

माओवादी केन्द्र तीनपाटन गाउँपालिका वडा नं. ९ का वटा कमिटी अध्यक्ष भुपाल विकको अध्यक्षता तथा माओवादी केन्द्र सिन्धुली जिल्लाका इन्चार्ज लेखनाथ दाहाल राजनको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वाइसियल जिल्ला संयोजक भुल बहादुर राना मगर, वाइसियल जिल्ला सदस्य हेम कार्की, तीनपाटन गाउँपालिकाका माओवादी केन्द्रका इन्चार्ज अशोक मगर, तीनपाटन पार्टि अध्यक्ष आनन्द कार्की, वडा नं. -५ का वडा अध्यक्ष दिनेश रमौली लगाायतको उपस्थिती रहेको थियो।

उक्त कार्यक्रममा जनता समाजवादी पार्टि तीनपाटनका सदस्य नेत्र बहादुर पुलामीको नेतृत्वमा पालिका सदस्य लगायत वडा नं. -९, का वडा कमिटी माओवादी केन्द्रमा प्रवेश गरेका छन्, भने नेकपा एमाले र नेपाली काङ्गग्रेस पार्टि परित्याग गरेर १ सय ५० बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

गाउँपालिकाको वडा नं. -९ को वाइसियलकोे इन्चार्जमा सागर भण्डारी चयन हुनुभएको छ । सहइन्चार्जमा प्रेम भुजेल,अध्यक्षमा पासाङ लामा, उपाध्यक्षमा सुरज पौडेल,भक्त आले, सचिवमा नारायण रमौली, कोषाध्यक्षमा भोज बहादुर भिँयाली सहित २३ जनाको कार्यसमिती चयन गरिएको छ। यसैबीच वडा नं. -९, को माओवादी केन्द्रको पार्टि कार्यलयको उद्घाटन गरिएको छ । माओवादी केन्द्रका जिल्ला इन्चार्ज दाहालले पार्टि कार्यलयको उद्घाटन गर्नुभएको हो।