सिन्धुली । सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन सिन्धुलीको अध्यक्षमा बिनोद देबकोटा चयन हुुनुभएको छ। देबकोटाको अध्यक्षतामा १३ जनाको कार्यसमिती गठन गरिएको हो ।
सदस्यहरुमा सन्जिव गौँतम,विजय बाराकोटी, सुस्मिता प्याकुरेल, निर बहादुर धामि, सुमन रम्तेल, सम्झना सिंजाली मगर, इन्द्र बहादुर थापा मगर, संगिता माझि ,निर्माता माझि लगायत १३ सदस्य रहनु भएको छ । १० बर्षको जनयुद्धको समयमा शहिद भएका तथा बेपत्ता भएका सन्ततिको शिक्षा,स्वास्थ्य लगायत अन्य कुराको सहजताका लागि फाउण्डेसन समिती गठन गरिएको बताइएको छ।
सहिद तथा बेपत्ताका सन्ततीका जिवन उपयोगिको लागि यो समीतीबाट अघि बढिने नबनियुक्त अध्यक्ष देबकोटाले बताउनु भयो । देबकोटाका पिता जनयुद्धको समयमा सहिद हुनुभएको थियो । सिन्धुलीका सहिद तथा बेपत्ता परिवारको पहिचान गरिने पनि उहाँले बताउनु भयो । त्यस्ता परिवारकासंकटमा परेका सन्ततीहरुको उद्धार गर्नेको लागि सरोकारवाला समक्ष उद्धारका लागि झकझक्याइने उहाँले बताउनु भयो । सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन सिन्धुलीको पहिलो बैठक एक महिनामा बस्ने भएको छ । सोहि बैठकबाट कार्यबिभाजन गरिने जनाइएको छ ।
