सिन्धुली । ४२ औँ सामाजिक सेवा दिवसको अबसरमा सिन्धुली अस्पतालका ३६ जना बिरामीलाई फलफूल वितरण गरिएको छ। गैर सरकारी संस्था महासंघ सिन्धुलीको आयोजनामा सिन्धुली अस्पतालमा रहेका ३६ जना विरामीलाई फलफूल वितरण गरिएको हो।
गैर सरकारी संस्था महासंघ सिन्धुलीका अध्यक्ष खेटराज अधिकारीले सामाजिक दिवसको अवसरमा सिन्धुली अस्पतालमा उपचार गराई रहेका ३६ जना बिरामीलाई फलफूल वितरण गरिएको बताउनुभयो । त्यस्तै सामाजिक सेवा दिवसको अवसरमा खुला रक्तदान कार्यक्रम सन्चालन गरिएको अध्यक्ष अधिकारिले बताउनु भयो । रक्तदान कार्यक्रममा आज १० जनाले रक्तदान गरेका छन् । जम्मा भएको रगत ब्लड बैँक सिन्धुलीमा राखिने छ ।
