रामेछाप । अविरल वर्षापछि आएको पहिरोले रामेछापमा ३ वटा घर पुरिएका छन् । 

 रामेछाप नगरपालिका १ गोठगाउँका भिमप्रसाद सापकोटा, विष्णुप्रसाद सापकोटा र दधिराम सापकोटाको घर पुरिदा लाखौको क्षती भएको छ । गोठगाउँ १ को बाहुनटोल रहेका उक्त घरभन्दा माथिबाट पहिरो झरेको थियो । पहिरोले घर र घरभित्र रहेका सम्पूर्ण सामान नष्ट भएका छन् ।

प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले घटनामा मानवीय क्षति नभएको बताए । रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले बुधबार पहिरोले क्षतिग्रस्त क्षेत्रको अवलोकन तथा प्राथमिक तहको राहत वितरण गरेकी छन् । रामेछाप नगरपालिकाले थप पहिरोबाट बस्ती जोगाउन पानी तर्काउने कार्य थालेको छ । स्थानीय दीपक सापकोटाका अनुसार पीडितहरु छिमेकीको शरण लिएर बसेका छन् ।