काठमाण्डौ । नेकपा माओवादी केन्द्रले भोलीसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएको छ ।
आज बसेको स्थायी कमिटी बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भोलीसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनु भएको हो । बैठकपछि संचारकर्मीहरुँग कुराकानी गर्दै प्रवक्ता कृष्णबहादुर महराले आज सत्ता गठबन्धनको बैठक बस्ने र भोलीसम्म मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनुभयो ।
प्रवत्ता महराले राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण सरकार विस्तारको काममा ढिलाई भईरहेको बताउनुभयो । भोली बस्ने प्रतिनिधिसभा बैठकमा उक्त अध्यादेशका खारेज हुनसक्ने उहाँको भनाई थियो । जनता समाजवादी पार्टी जसपाले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता नलिएसम्म सरकारमा सहभागी नहुने अडान लिदै आएको छ ।००००