काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेको छ ।
आज राष्ट्रियसभा बैठकमा समय लिएर एमाले सांसद भैरवसुन्दर श्रेष्ठले सभामुखले दलहरुलाई समान व्यवहार नगरेको आरोप लगाउँदै राजीनामा माग गर्नुभएको हो । गैर सांसदलाई सदनमा बस्न अनुमति सभामुखले दिएको भन्दै सडकदेखि सदनसम्म प्रश्न उठेको सांसद श्रेष्ठको भनाइ छ ।
सांसद श्रेष्ठले सभामुखले जसपा सांसद सरिता गिरी, माओवादी सांसदहरू लेखराज भट्ट, प्रभु साह, गैरिशंकर चौधरी र टोपबहादुर रायमाझीलाई कारबाही पत्र पाएलगत्तै कारबाही गरेको तर एमालेका सांसद कारबाही परेको सूचना नटाँसेको भन्दै विभेद गरिएको बताउनुभयो । सभामुखले राजीनामा नदिए वा सूचना नटाँसे सदन चल्न नसक्ने उहाँको भनाई थियो ।०