काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि सरकारले इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्ति गर्नुभएको छ । 

आज सातौं सविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न इमान्दारी पूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले संघीयता कार्यान्वयनलाई समिक्षा गर्दै नागरिकका नजिकका सरकार प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी अधिकार हस्तान्तरण गर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले राजनीतिक प्रणालीलाई थप मजबुत बनाउँदै मुलुकको समुन्नतितर्फ आगामी यात्रा तय गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कोरोनबाट नेपाली नागरिकलाई बचाउन सरकार पूर्णरुपले प्रतिबद्ध एवं क्रियाशील रहेको समेत बताउनुभयो ।

प्रधानमन्त्री देउवाले वर्तमान सरकारको पहिलो प्राथमिकतामा कोभिड–१९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्नु भएकोले असोज महिनाभित्र एक तिहाइ र यसवर्ष भित्र खोप लगाउनयोग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गर्ने प्रतिबद्धता दोहो¥याउनुभयो ।००००