काठमाण्डौं । सरकारले घोषणा गरेको संविधान दिवस कार्यक्रममा सत्तारुढ दल जनता समाजवादी पार्टी जसपाले भाग नलिने भएको छ ।
संविधान दिवसको पूर्वसन्ध्यानमा आज जसपा अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै संविधान दिवसमा सहभागी नहुने जानकारी दिनु भएको हो । संविधानमा धेरै धाराहरूमा विभेदकारी प्रावधानहरू राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग जसपाको भनाई छ । जसपाले विज्ञप्ती मार्फत संविधान दिवसको कार्यक्रमको विरोध गर्ने जनाएको छ । त्यसका लागि जसपाले देशका प्रमुख शहरहरूमा दवावमूलक कार्यक्रम गर्ने भएको छ ।जसपाले संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायतत्ता, समानुपातिक समावेशिकरण लगायतका प्रावधानहरू अधुरो र अपूर्ण रहेको जनाएको छ ।
नेपालको संविधान २०७२ ले मधेशी, आदिवासी जनजाति, दलित÷शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायका साथै उत्पीडित जातजाति एवं समुदायले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको जसपाले जनाएको छ।

