सामुदायिक प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यलय सिन्धुलीले आज सिन्धुली जिल्लामा महिला हिंसाको अवस्था र न्यूनीकरणको उपायको विषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ।
जिल्ला प्रहरी कार्यलय सिन्धुलीको आयोजनामा जिल्लाका महिला अधिकारकर्मी तथा सञ्चारकर्मीसँग अन्तर्क्रियात्मक कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा होटल व्यवसाय अपराधको अखडा नबनोस् भन्दै अन्तर महिला सञ्जाल सिन्धुलीकी अध्यक्ष सबिता कोइरालाले खबरदारी गर्नुभएको छ। उहाँले जिल्लामा पछिल्लो समय जिल्लाका माथिल्लोस्तरको होटलहरूमा यौन क्रियाकलापहरू बढ्दो भएकाले जिल्ला प्रहरी कार्यलय सिन्धुलीले होटलहरूमा अनुगमन गर्नुपर्ने बताउनु भयो। विकाससँगै आएको विक्रतिले महिला त्यसको चपेटामा परेको पनि सञ्जालकी अध्यक्ष कोइरालाले बताउनु भयो । पीडितले निर्धक्क भएर पीडा पोख्न पाउनु पर्ने वातावरण राज्यले व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
त्यस्तै, महिला अधिकारकर्मी उमा देबकोटाले नेपाल प्रहरीको अनुसनधानको प्रणाली सबैभन्दा निष्पक्ष हुनुपर्ने बताउनु भयो। पीडितलाई केन्द्रमा राखेर न्याय दिलाउने प्रणालीको विकास गरे मात्रै महिला हिंसा न्यूनीकरणमा सहयोग पुग्ने उहाँले बताउनु भयो। अर्का महिला अधिकारकर्मी बिष्णु पाण्डेले सिन्धुली जिल्ला लागू औषधको केन्द्रनै बनिसकेको बताउनु भयो। उहाँले लागू औषधका कारण पनि महिला हिंसा जिल्लामा अत्याधिक बढेको बताउनु भयो।
महिला अधिकारकर्मी रस्मिला देबकोटाले महिला हिंसा दिनानुदिन वृद्धि भएपनि प्रहरीले पिडकलाई उम्कन दिएको आरोप लगाउनु भयो। देबकोटाले राजनीतिक आडमा भएको महिला हिंसा रोक्नका लागि जिल्ला प्रहरी कार्यलयसँग माग गर्नुभएको छ। जिल्लामा महिला हिंसा रोक्नका लागि पहिले पुरुषलाई नै सचेत बनाउनु पर्ने, राजनितिक आडले महिला हिंसा बढेकाले पीडकलाई कुनैपनि हालतमा कानूनी कठघेरामा ल्याउनु पर्ने। अभिभावकले आफ्ना छोराछोरीलाई हेरचाह तथा सचेत गराउनु पर्ने, त्यस्तै लागू पदार्थ तथा मादक पदार्थमा रोक लगाउनु पर्ने विषयमा आजको अन्तर्क्रिया कार्यक्रममा छलफल गरिएको छ। त्यस्ता कार्यले मात्र महिला हिंसा न्यूनीकरणमा सहयोग पुर्याउने बताइएको छ।
जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रमुख गोबिन्द थपलियाले सल्लाह सुझाबलाई आत्मसाथ गर्दै महिला हिंसा र लागू औषध तथा जिल्लामा घट्ने अप्रिय घटनालाई न्यूनीकरण गर्ने प्रतिवद्धता गर्नुभएको छ ।
