हेटाैँडा । बागमती प्रदेश सरकारको मन्त्रीमण्डल बिस्तार भएको छ । सरकारको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ७ मन्त्री र ४ राज्यमन्त्रीको लागि नामसहित जिम्मेवारी बाडफाड गरी प्रदेश प्रमुखलाई सिफारिस गर्नुभएको थियो ।
सिफारिस गरिएका ७ मन्त्री प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराउनुभयो भने ४ जना राज्यमन्त्रीलाई मुख्यमन्त्री शाक्यले सपथ गराउनुभएको छ ।
यस्ताे छ मन्त्रिपरिषदकाे सूचि
मन्त्री केशवराज पाण्डे : भौतिक पुर्वाधार तथा योजना मन्त्रालय
मन्त्री डा. अजयक्रान्ति शाक्य : आन्तरिक मामिला तथा कानुन मन्त्रालय
मन्त्री रचना खड्का : आर्थिक मामिला तथा योजना मन्त्रालय
मन्त्री विजय सुवेदी : सामाजिक विकास मन्त्रालय
मन्त्री प्रदिप कटुवाल: स्वास्थ मन्त्रालय
मन्त्री शान्ति पौडेल : उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय
मन्त्री चन्द्र लामा : भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय
राज्यमन्त्री जुनेली श्रेष्ठ स्वास्थ मन्त्रालय
राज्यमन्त्री जीवन खड्का : भौतिक पूर्वाधार तथा योजना मन्त्रालय
राज्यमन्त्री सरस्वती बाटी : उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय
राज्यमन्त्री बद्री मैनाली : भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय
