काठमाडौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार मन्त्रिपरिषद् बिस्तार गर्न लाग्नुभएको छ । 

मुख्यमन्त्री शाक्यले पाँच मन्त्री र चार राज्यमन्त्रीसहित मन्त्रिपरिषद् बिस्तारको तयारी गर्नुभएको एमाले मुख्य सचेतक दिपक निरौलाले जानकारी दिनुभयो । आज नियुक्त हुन लागेका मन्त्री र राज्यमन्त्रीहरु चितवनका विजय सुवेदी , काठण्डौका अजयक्रान्ति शाक्य , मकवानपुरकी जुनेली माया श्रेष्ठ , दोलखाकी रचना खड्का , सिन्धुलीका प्रदिप कटुवाल , नुवाकोटका बद्री मैनाली , ललितपुरका जीवन खड्का, रामेछापका शान्तिप्रसाद पौडेल र भक्तपुरकी सरस्वती वाटी रहेको सचेतक निरौलाले जानकारी दिनुभयो ।

गत २ भदौमा नेकपा एमालेको बहुमतका आधारमा मुख्यमन्त्री बन्नुभएका शाक्यको सरकार भने अल्पमतमा परिसकेको छ ।

बाग्मतीका ५६ मध्ये १३ जना सांसद एकीकृत समाजवादीमा गएपछि उहाँको सरकार अल्पमतमा परेको छ । उहाँले अब एक महिनाभित्रै प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।