सिन्धुली। विशाल कुमार स्मृति दिवस आज सिन्धुलीको मरिण गाउँपालिकामा विभिन्न कार्यक्रम गरी मनाइएको छ। आज मरिणमा विशाल कुमारको फोटोमा माल्याअर्पण गरि मनाईएको हो। 

माओवादी केन्द्रका केन्द्रीय स्थायी सदस्य तथा पूर्व कृषि मन्त्रि हरिबोल गजुरेलको प्रमुख आथिथ्यता तथा नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र मरिणका अध्यक्ष गोपाल बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्जार्ज लेखनाथ दाहाल राजन, बागमति प्रदेश सदस्य बसन्त माझि, माओवादी केन्द्रका सिन्धुली जिल्ला सम्योजक  राम कुमार पौडेल, मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जन मरिणका प्रवक्ता प्रख्यात मुक्तान तथा जिल्लाका क्रियाशिल नेता तथा कार्यकर्ताको उपस्थितीमा विशाल कुमारको १७ औँ स्मृति दिवस मनाईएको हो।

विशाल(शेरमान कुबर) सिन्धुलीको मरिण गाउँपालिका ७ नम्बर वडामा जन्मिएका हुन्। शहिद विशाल माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका थिए । त्यस्तै कुमार(मोहनचन्द्र गौतम) सिन्धुलीको घ्याङलेख गाउँपालिका १ नम्बर वडामा जन्मिएका हुन्। शहिद कुमार पनि माओवादी केन्द्रका केन्द्रीय सदस्य थिए । दुवै शहिदको २०६१ साल भाद्र २० गते सिरहाको धन्छावरमा शाहि सेनाले हत्या गरेका थिए।  

यसैबीच आज माओवादी केन्द्र मरिण गाउँपालिका अन्तर्गत जनवर्गिय संगठनको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ। आज वाइसियल,अखिल नेपाल ट्रड युनियन महासंघ मरिण,अखिल नेपाल महिला संघ मरिण,अखिल नेपाल किसान महासंघ मरिणको नयाँ कार्यसमितीले सपथ ग्रहण गरेका हुन्। 

वाइसियल नेपाल मरिणमा सोम बहादुर बम्जनको अध्यक्षतामा ६८ सदस्यीय कार्यसमिती चयन भएको छ । जसमा उपाध्यक्षमा अशोक बम्जन, टिकाराम स्याङ्तान सचिव, बिर्ख मुक्तान कोषाध्यक्ष र सागर थिङ सहसचिवमा चयन हुनुभएको छ। त्यस्तै अखिल नेपाल ट्रेड युनियनको महांसंघ मरिणको अध्यक्षतामा सागर गुर्माछान चयन हुुनुभएको छ । जसमा उपाध्यक्षतामा रुपक अस्तानि, सचिवमा बेनि बहादुर मुक्तान,कोषाध्यक्षमा दिनेश माझि, सहसचिवमा लहरमान माझि सहित ४८ सदस्यीय कार्यसमिती गठन गरिएको हो। 

त्यस्तै अखि नेपाल महिला संघ मरिणको अध्यक्षमा सुनिता माझि चयन हुनुभएको छ । जसमा उपाध्यक्षमा लक्ष्मि मगर,सचिवमा सर्मिला माझि, कोषाध्यक्षमा डम्बर कुमारि गुर्माछान, सहसचिवमा अबिना बिक सहित ४८ सदस्यीय कार्यसमिती गठन गरिएको छ। अखिल नेपाल किसान महासंघ मरिणमा रमेश पुलामिको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरिएको छ । जसमा उपाध्यक्ष सिताराम बिक,सचिवमा पुर्ण बहादुर माझि,सहसचिवमा शेर बहादुर योन्जन सहित ५३ सदस्यीय कार्यसमिती चयन गरिएको छ। 

कार्यक्रममा बोल्नुहुदै पूर्व कृषि मन्त्रि गजुरेलले शहिदले देखाएको बाटो हिड्नु हाम्रो दायित्व रहेको बताउनुभयो। आफू शहिद भएर माओवादी पार्टिलाई बचाएको उहाँले बताउनु भयो । 
साथै उहाँले मरिण माओवादीको किल्ला भएकाले एमाले र काङ्ग्रेसका जस्तो ब्यवहार त्यागेर माओवादीको ब्यवहार गर्ने अनुरोध गर्नुभएको छ। माओवादी हरेक जनताको सारथि बन्नु पर्दछ, पिडिको सारथि बन्नु पर्दछ अनि कसैको दमनकारि ब्यवहार सहेर बस्न नहुँने उहाँले बताउनु भयो । 

त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला पार्टि इन्चार्ज लेखनाथ दाहाल राजनले माओवादी पार्टि पहिले पनि पहिलो पार्टि थियो र अहिले पनि पहिलो पार्टि नै रहेको बताउनु भयो । उहाँले संगठन बनाएर माओवादी पार्टि अघि बढ्नुपर्ने बताउँदै अब माओवादीका भातृ संगठनलाई उर्जाको साथ अगि बढ्न अनुरोध गर्नुभएको छ। कार्यक्रममा सुनकोसि गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल, माओवादी केन्द्र सिन्धुलीका स्कुल विभाग प्रमुख पुकार न्यौपाने लगाायतको उपस्थित रहेको थियो । विशाल कुमार स्मृति दिवस तथा सपथ ग्रहण कार्यक्रमको अबसरमा मरिणमा विशाल र्‍यालीको प्रदर्शन गरिएको थियो ।