नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपालको काठमाण्डौ लगायत देशभरी ८ ठाउँमा भाद्र १२, १३ र १४ गते भर्चुअलमार्फत् राष्ट्रिय भेला सम्पन्न भएको छ। उक्त भेलाले २३१ जनाको केन्द्रीय समिति चयन गर्दै पदाधिकारी टुंग्याउने जिम्मा केन्द्रीय समिति लाई दिएर भेला सम्पन्न गरेको थियो।
भेला सकिए लगत्तै भाद्र २२ मा केन्द्रीय समिति बैठक काठमाण्डौमा बस्ने निर्णय भएको छ। उक्त केन्द्रीय समिति बैठक नजिकिदै गर्दा वाइसियलका केन्द्रीय अध्यक्ष अध्यक्षका दावेदार सुमन देवकोटा र सुबोध श्रीपाली रहेका छन् । आफ्नो पक्षमा केन्द्रीय समिति सदस्य लाई उभ्याउन दाबेदार नेता अहिले भेटघाटमा ब्यस्त छन्।
तर यता महासचिवको हेविवेट मानिएका युवाहरु माझ निकै लोकप्रिय युवा नेता ज्ञानेन्द्र बहादुर गुरुङ“कसम” भने शनिबार काभ्रे को मण्डन देउपुर र भक्तपुरको चाँगुनारायण नगरपालिकाको वाईसीएल भेला लाई सम्बोधन गर्न पुगेका छन्।
उनी पूर्व जनमुक्ति सेना नेपाल को ब्रिगेडियर पनि हुन् त्यसकारण पनि पूर्व जनमुक्ति सेनाको वाईसीएल भित्र बाक्लो उपस्थिति भएकै कारण गुरुङप्रति पूर्व जनमुक्ति सेनाका झुकाव स्वाभाविक देखिन्छ। साथै शान्त र स्वाभीमानी स्वभाव को गुरुङ वैचारिक र सांगठनिक विषय मा चट्टानी अडान राख्ने भएकै कारण कोही पनि युवाहरु गुरुङ बाट सांगठनिक हिसाबले अन्यायमा परिदैन भन्ने मा ढुक्क रहेको उहाँका नजिकका ब्यक्तिले बताउनु भयो।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै युवा नेता गुरुङले भन्नुभयो “मेरो पहिलो प्राथमिकता संगठन हो। संगठन बने,संगठनको संरचना ठूलो भयो भने न नेतृत्व बन्ने हो नभए के को नेतृत्व बन्ने होर । तसर्थ युवाहरुको माग अनुसारनै म स्वाभाविक रूपमा कार्यक्रम मा सहभागी भएको हो बाँकी सिंगो संगठन,पार्टी र नेतृत्व ले मूल्याङ्कन गरेकै होला उचित र योग्य ठाने जिम्मा दिनुहोला । जिम्मेवार मानेर दिएको जिम्मेवारि म टाउको ले टेकेर पूरा गर्छु । होइन असक्षम देखें अरुनै सक्षम देखें अरूलाई देला यसमा धेरै टाउको दुखाउनु पर्ने केही छैन ।” उहाँले भन्नुभयो । बाँकी वाई सी एल ले अब कस्तो र कसको नेतृत्व मा टुङ्ग्याउला भनेर केही दिन पर्खिनु पर्ने भने उहाँले बताउनु भयो ।
