काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा दायर गरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।
उक्त रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा पेसी तोकेको थियो । तर, इजलासमा उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो । गत बुधबार एमालेले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध सर्वाेच्चमा रिट निवेदन दर्ता गरेको थियो ।
यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति विरुद्धको रिट निवेदनमाथिको सुनुवाइ पनि आज नुहेन भएको छ । सर्वोच्चले उक्त मुद्धमा आज पेसी तोकेपनि ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो । यसअघि प्रधानन्यायाधीश जबराकै इजलासले घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, प्राधिकरण सञ्चालक समिति बैठकको निर्णय र शाक्य तथा प्राधिकरणबीच भएको सम्झौताको सक्कल फाइल झिकाउन आदेश दिएको थियो ।
यस्तै, नेपाली कांग्रेसको १४औं महाधिवेशन सार्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि भोलि मात्रै सुनुवाइ हुने भएको छ । रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीस राणाको इजलासमा पेशी तोकिएको थियो । ‘हेर्न नभ्याइने’ मा परेपछि रिटमाथि भोलि मात्रै सुनुवाइ हुने रिटकर्ता नरोत्तम वैद्यले जानकारी दिनुभयो ।
