काठमाण्डौ । सरकारले चीनसँगको सीमा विवाद अध्ययन गर्न गृहमन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा समिती गठन गरेको छ ।
गृहमन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी आचार्यलाई मन्त्रालयमा सरुवा गरेर समितीको संयोजक बनाएको हो । आचार्यको ठाउँमा हालै तुइन घटना छानबिन समितिका संयोजक रहनु भएका सहसचिव जनार्दन गौतमलाई पठाइएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हुम्लाको नाम्खा गाउँपालिकामा चीनसँगको सीमा विवाद अध्ययन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रहरी, सशस्त्र प्रहरी र नापी विभागका अधिकारी सम्मिलित समिति गठन गर्ने निर्णय गरेको थियो ।
मन्त्रालयले समितिमा रहने सदस्यहरुको नाम पठाउन प्रहरी, सशस्त्र र नापी विभागलाई पत्राचार समेत गरेको छ । ००००
