काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि नेतृत्वको सरकारलाई सर्वाेच्च अदालतको परामादेशले हटाएर बर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी आरजु राणा देउवाको अगाडि मुकदर्शक बन्न बाध्य बनेका छन ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले फुटाएर माधब कुमार नेपालले बनाएको नेकपा एकिकृत समाजवादी पार्टी र जसपा लगायतको गठबन्धन भनिएको सरकारमा देउवा पत्नी राणा हावी भएकी हुन ।  भर्खरै प्रधानमन्त्री पत्नीकी २ व्यापारिक साझेदारले राष्ट्रिय योजना आयोगमा नियुक्त पाएका छन ।  मुलुकको विकास तथा सरकारका नीतिहरू तय गर्ने मुख्य निकायमा प्रधानमन्त्री पत्नीले आफ्नो वर्चश्व कायम गरेकी हुन् ।

आरजु राणा देउवा अध्यक्ष रहेको युलेन्स स्कुल नेपालकै सबैभन्दा महँगो शुल्क लिने शिक्षण संस्थामा पर्छ । सो शैक्षिक प्रतिष्ठानका एक जना बोर्ड सदस्य डा। विश्व पौडेल योजना आयोगको उपाध्यक्ष छन् भने पछिल्लो मन्त्रिपरिषद बैठकले राणाकै अर्का व्यापारिक साझेदारलाई पनि योजनामा आयोगमा नियुक्ति दिएको छ ।युलेन्स एजुकेशन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत अरनिको पाण्डे योजना आयोगको बरिष्ठ सल्लाहकारमा नियुक्त भएका हुन् । पाण्डेले आफ्नो प्रोफाइलमा पनि नयाँ पदको जानकारी दिइसकेका छन् । यसअघि आयोगमा वरिष्ठ सल्लाहकार राख्ने प्रचलन नरहे पनि यसपटकबाट सिर्जना गरिएको हो ।