काठमाडौँ/ भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले अग्रता बनाएको छ ।  दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

यो सँगै भारत १-० गोल अन्तरले पछि परेको छ । भारतीय गोलकिपरलाई झुक्याउँदै उनले खेलको ३६ औं मिनेटमा गोल गरे । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो खेल आइतबार हुनेछ।

घरेलु मैदानमा भारतविरुद्धको खेलमा उच्च मनोबलका साथ नेपाल मैदान उत्रिएको छ । योे नतिजाले एएफसी एसियन कप छनोटसम्म असर पुग्ने भएकाले दुवै टोलीलाई जित्नै पर्ने दबाब छ । दुई देशबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ । नेपालले भारतसँग घरेलु भूमिमा पहिलोपल्ट मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यसअघि सन् २०१३ को साफ च्याम्पियनसिपमा नेपालले दशरथ रंगशालामै भारतलाई हराएको थियो । त्यो नै नेपालले भारतलाई हराएको एकमात्र खेल हो । यस्तै रंगशालामा ५१ सय बढी दर्शक रहेका छन् ।