सिन्धुलीमाढी। सौगात लघुु उद्योग सहकारी संस्था तथा सौगात ललिपप उद्योगको भवन जोखिममा परेको छ। कमलामाई नगरपालिका -६ सशस्त्र क्याम्पको नजिकै रहेको उद्योगको भवन लब्दा खोलामा आएको बाढिको कारण जोखिममा परेको हो।

लब्दा खोलाले माथिबाटै जमिन कटान गर्दै आएकाले सौगात लघु उद्योगको भवन अगाडिको जमिनमा अहिले खोला हिँडिरहेको छ  जमिनमा लगाईएको फूल उत्पादनको लागि रोपिएको विभिन्न किसिमको फूलका बिरुवा, पिडालु तथा तरकारीहरु खोलाले बगाउँदा ३० हजार भन्दा बढि क्षति भएको उक्त सहकारी तथा उद्योगका अध्यक्ष बिमला थापाले बताउनुभयो । उहाँका अनुसार २०६४ सालमा स्थापना गरिएको उद्योगमा ४ सय महिलाको पसिना र मेहनतको पैसा जम्मा गरिन्छ त्यही पनि लब्दा खोलाले गरेर विस्थापित हुनुपर्ने परिस्थिती आउन सक्ने बताउनु भयो।

महिलाहरुको परिश्रमले जग्गा र भवन जोडिएको थियो । अब खोला बालुवाले पुरिएकाले अलि ठूलो बाढि आउँदा भवन बगाउने सम्भावना भएको उहाँले बताउनुभयो । भवनमा १५ लाख भन्दा बढिको सामाग्री रहेकाले बाढि पस्दा ठूलो नोक्सान हूने भन्दै उहाँले स्थानीय सरकारसँग गुहार माग्नु भएको छ। अध्यक्ष थापाले महिलाको परिश्रम खेर जान नदिन खोला संरक्षणको लागि कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीसंँग आह्वान गर्नु भएको हो। उक्त सहकारी तथा उद्योगमा ५ जना महिलाले समेत रोजगारी पाउनु भएको छ। सौगात लघु उद्योग तथा सहकारी संस्था तथा सौगात ललिपप उद्योग ४ सय महिलाहरुको जीवीकोपार्जन गर्न स्थल हो।