रामेछाप। जिल्लाको उमाकुण्ड गाउँपालिकामा गुम्बाभित्र अनैतिक क्रियाकलाप गरेको आरोपमा लामा गुरु पक्राउ परेका छन् ।
बाम्तीस्थित प्रशिद्ध ङग्युर पल्युल छेवाङ छ्योइलिङ गुम्बाका प्रमुख लामा गुरु गुम्बाबाटटै पक्राउ परेका हुन् । ६२ वर्षीय प्रमुख लामा सर्की शेर्पा स्थानीय २४ वर्षीया युवतीसँग गुम्बाभित्र आपत्तिजनक अवस्थामा भेटेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले दुवै जनालाई मंगलबार अपरान्ह पक्राउ गरी बुधबार जिल्ला सदरमुकाम ल्याएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रशासन कार्यालयबाट १० दिन थुनामा राख्न म्याद थप भएको प्रहरीले जनाएको छ ।
