काठमाण्डौ ।
काठमाण्डौ । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णप्रसाद घर्तीविरुद्ध विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
एमाले अध्यक्ष केपि शर्मा ओलीको तर्फबाट सुमित्रा पाण्डले आज सर्वोच्चमा रिट दायर गर्नु भएको हो । रिटमा नेकपा एकिकृत समाजवादी पार्टीको दर्ता प्रक्रियानै गैरकानूनी भएको भन्दै सबै प्रक्रिया बदर गन समेत माग गरिएको छ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहित १४ जना सांसदले वैशाख २७ गते आफ्नै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला ह्वीप उल्लंघन गरेको आधारमा निष्कासन गरिएकोले उनीहरूलाई सांसद पदबाट पदमुक्त गर्न एमालेले माग गरेको छ । १४ सांसदलाई कारबाहीको सिफारिस गरेपनि कायान्वयन नगरेको भन्दै एमालेले सभामुख समपकोटा विरुद्ध पनि मुद्धा दायर गरेको हो ।
यस्तै, कारबाहीका लागि सिफारिस गरिएका १४ सांसदको सनाखत गरी पार्टी विभाजन गरेको भन्दै एमालेले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै रिट दायर गरेको छ ।
त्यस्तै लुम्बिनी प्रदेशका सभामुख पूर्णप्रसाद घर्तीविरुद्ध पनि सांसद अजय शाही र विमला वलीलाई कारबाही नगरेको भन्दै एमालेले रिट दर्ता गरेको छ । एमालेले दायर गरेको रिट दार्ता प्रक्रियामा रहेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।
