काठमाडौं । रोजगारीका लागि इजरायल जानेहरूको भाषा परीक्षा भदौ अन्तिम साता हुने भएको छ।

‘केयरगिभर’का लागि इजरायल जान आवेदन दिई वैदेशिक रोजगार विभागबाट स्वीकृत भएकाहरूको परीक्षा भदौ २८ गते हुने भएको हो । उक्त दिन अंग्रेजी भाषाको लिखित परीक्षा हुने वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताउनुभयो । 

परीक्षा काठमाडौंका विभिन्न केन्द्रमा दिउँसो १ बजेदेखि भौतिक उपस्थितिमा हुने उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार केन्द्रका सम्बन्धमा परीक्षार्थीहरूको प्रवेश पत्र तथा विभागको वेवसाइट मार्फत जानकारी गराइने छ । प्रवेश–पत्र अनलाइनमार्फत् नै उपलब्ध हुनेछ।