सिन्धुली। वैकल्पिक सिकाई सहयोग अन्तर्गत भिडियो शैक्षिक सामाग्री समिक्षा कार्यक्रक आज सुनकोशी गाउँपालिकामा सम्पन्न भएको छ। बालबालिकाले समान रुपमा सिक्ने परियोजना अन्तर्गत ह्यान्ड्स नेपाल सिन्धुलीको आयोजना सुनकोशी गाउँपालिकाको समन्वय तथा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको हो।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले शैक्षिक संस्था बन्द भएका कारण बालबालिकामा परेको असरलाई चिर्न वैकल्पिक भडियो सामाग्री तयार गरिएको हो। ह्याण्ड्स नेपाल सिन्धुलीका अध्यक्ष बासुदेव अधिकारिको अध्यक्षता तथा सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोराको प्रमुख आतिथ्यतामा समिक्षा कार्यक्रम सम्पन्न भएको हो।

समिक्षा कार्यक्रम सुनकोशी गाउँपालिकाका शिक्षक तथा शिक्षिकाले तयार पार्नुभएको भिडियो सामाग्रीको समिक्षा गरिएको थियो। सरकारले ८ कक्षा भन्दा तलका विद्यार्थीलाई भौतिक उपस्थितीको लागि अनुमति नदिएकाले विद्यार्थीहरुको शैक्षिक स्तरमा आँच आउन सक्ने भएकाले शैक्षिक सुधारको लागि भिडियो सामाग्री उपयुक्त भएकाले उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष बोहाराले बताउनु भयो। ह्याण्ड्स नेपालको आयोजनामा गाउँपालिकाको ७ वटा विद्यालयका १४ जना शिक्षकहरुबाट भिडियो सामाग्री तयार गरिएको छ। जसमा १ कक्षा देखि ५ कक्षा सम्म ३ वटा बिषय समेटिएको छ। भिडियो सामाग्रीमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी, गणित र मेरो सेरोफेरोका ३ वटा पाठ समावेश गरेर तयार गरिएको उक्क्त परियोजनाको सम्योजक कमला लामाले बताउनु भयो।

त्यस्तै कक्षा ४ र ५ मा अङ्ग्रेजी, गणित र बिज्ञान तथा वातावरण बिषयको ३ वटा पाठ समावेश गरिएको छ। उक्त तयार पारिएको भिडियो सामाग्री आउँदो आइतबारबाट सुनकोस गाउँपालिकाका ४६ वटै सामुदायिक विद्यालयमा सञ्चालन गरिने सुनकोशी गाउँपालिकका अध्यक्ष बोहोराले बताउनु भयो। उहाँका अनुसार उक्त भिडियो सामाग्रीको प्रभाबकारि भएमा ६ र ७ कक्षाका विद्यार्थीहरुको लागि उत्पादन गरिने बताउनु भयो। विद्यार्थीहरुलाई आफ्नै शिक्षकहरुद्वारा अर्गानिक रुपमा उत्पादन भएको भिडियो सामाग्री भएकाले विद्यार्थीलाई कक्षामा नै उपस्थिती भएको अनुभुति हुने बताउनु भयो । विद्यार्थीहरुलाई यसको प्रभावकारी रुपमा उपयोग गर्नेको लागि अध्यक्ष बोहोराले अनुरोध गर्नुभएको छ। साथै, बालबालिकाको उज्वल भविष्यको लागि प्लान इन्टरनेस नेपाल र ह्याण्ड्स नेपालले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभएको छ। भिडियो सामाग्री रेकडिङ मिस्टि डिजिटल प्रालि सिन्धुलीले गरेको थियो ।