सिन्धुलीमाढी। कमलामाई नगरपालिकाले सुविधा सम्पन्न एम्बुलेन्स रेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखालाई हस्तान्तरण गरेको छ। कमलमाई नगपालिकाको १५ लाख ८ हजार २ सय १ रुपैयाँ आर्थिक सहयोगमा रेडक्रस सोसाइटीलाई एम्बुलेन्स सहयोग गरेको हो।

आज कमलमाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीले रेडक्रस सिन्धुली शाखाका सभापति अशोक श्रेष्ठ लाई एम्बुलेन्सको चाबि हस्तानतरण गर्नुभएको हो। उहाँले एसि सुविधा सहितको एम्बुलेन्सको चाबि हस्तानतरण गर्दै नगर प्रमुख खत्रीले रेडक्रस सोसाइटी मानव हितको लागि अहोरात्र खट्ने पवित्र संस्थालाई सहयोग गर्न कमलामाई नगरपालिका कहिले नहिचकिचाउने बताउनु भयो। आवश्यक परेको खण्डमा हरेक दिन सहयोग गर्ने तयार रहेको पनि उहाँले बताउनु भयो ।

त्यस्तै, कमलामाई नगरपालिकाका नगर उपप्रमुख मन्जु देबकोटाले मानव संरक्षणको लागि जुटेको रेडक्रस सोसाइटीसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो।

हाल सिन्धुली जिल्लामा नेपाल रेडक्रस सोसाइटीको शाखा र उपशाखा गरेर ९ वटै स्थानीय तहमा गरी २१ वटा एम्बुलेन्सले सेवा प्रदान गर्दै आएको सभापति श्रेष्ठले बताउनु भयो।