काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै आपत्ति जनाउनु भएको छ ।
आज युथफोर्सले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले आगामी निर्वाचनमा सबै षड्यन्त्रको हिसाब लिने बताउनु भएको हो । ओलीले अब कुनै पनि निर्वाचन क्षेत्रमा अरुलाई जित्न नदिने उद्घोष समेत गर्नुुभयो । उहाँले माधवकुमार नेपाल सहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने टिप्पणी गर्नुभयो ।
अध्यक्ष ओलीले माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले अरु पार्टीसँग मोर्चाबन्दी गर्ने आफूले सुनेको भन्दै एमालेसँग एक्लै लड्न सक्दिन भन्ने निश्ष्कर्षमा पुगेको टिप्पणी गर्नुभयो । एमाले फुटेको नभइए अलिकति चोइटिएको उहाँको भनाई छ । ००००
