काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ।

नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्मेवारी सम्हाल्दै आउनु भएको बालाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाको ३ वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ । थापा पदावधि समाप्त हुन १ महिना अघिदेखिनै घरविदामा बस्नु भएको छ ।