काठमाडौं। प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले संवैधनिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइबाट अलग हुने घोषणा गर्नु भएको छ । 

प्रधानन्यायाधीश जबराले अब उक्त मुद्दाको सुनुवाइ हुने दिन आफू अनुपस्थित हुने जानकारी दिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिनुभयो । उहाँ विदा बस्दा बरिष्ठ न्यायाधीश दिपककुमार कार्की कामू प्रधानन्यायाधीश भई संवैधानिक इजलासको पेशी तोक्ने छन् ।

अब प्रधानन्यायाधीश  जबरा विनाको संवैधानिक इजलासले उक्त विवादको निरुपण गर्ने भएको छ । अध्यादेश आउन राणा पनि जिम्मेवार भएको र संवैधानिक निकायका नियुक्तिमा प्रधानन्यायाधीशले भागबण्डा लिएर आफ्ना मान्छे नियुक्त गराएकाले भन्दै उहाँमाथी इजलाश छाड्नुपर्ने दवाब रहेको थियो।