काठमाण्डौ । नेपालमा हालसम्म करिब ९० लाख मानिसले कोभिड विरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयलअन्र्तगतको खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमले खोप अभियान सुरु भएको ८ महिनामा करिब ५० लाखले पहिलो मात्रा र ४० लाखले दोस्रो मात्रा खोप लगाएको जानकारी दिनुभयो । जसमध्ये अमेरिकी जान्सिन खोप १३ लाख ३७ हजार ३८६ जनाले लगाएका छन । भेरोसेलको पहिलो मात्रा २९ लाख ५० हजार ६० र दोस्रो मात्रा १५ लाख ३० हजार ९४ जनाले लगाइसकेका छन् । यस्तै, कोभिसिल्डको दोस्रो मात्रा लगाउनेको संख्या १० लाख ४२ हजार ४६१ र पहिलो मात्रा लगाउनेको संख्या २० लाख ६ हजार ३९५ रहेको छ । सार्क राष्ट्रमा कोभिडविरुद्धको खोप लगाउने मुलुकमा नेपाल तेस्रो स्थानमा परेको छ ।
हालसम्म ३० दशमलब २१ प्रतिशत नेपाली नागरिकले खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।००००