काठमाडौं । काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बनाउने पक्षमा एमालेका ३० सांसद र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।
आज निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाका ३० सांसद र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेको एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले जानकारी दिनुभयो । दल दर्ताका लागि ५६ जनाको नामावली आयोगमा पठाइएको थियो । उनीहरुमध्ये भाष्कर काफ्लेबाहेक ५५ जनाको सनाखत भएको छ । बाँकी हस्ताक्षर नभएका चारजना विक्रम शाही, सोमप्रसाद पाण्डे, रामप्रित पासवान र राजन राईको विषयमा छलफल भइरहेको नेता चौधरीले जानकारी दिनुभयो ।
भारतमा उपचाररत रहनु भएका वरिष्ठ नेता झलनाथ खनालको पनि आयोगले सनाखत गरेको छ । नेता खनालले दूतावासमार्फत पठाएको पत्रका आधारमा आयोगले सनाखत गरेको हो । एमालेबाट विभाजित भएर नयाँ पार्टीको मान्यता पाउन केन्द्रीय समितिमा ४१ वा संसदीय दलमा ३१ सदस्य हुनुपर्नेछ । नयाँ दलले मान्यता पाउनका लागि केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत पुग्नु पर्ने कानूनी बाध्यता छ । एमालेका २०३ सदस्य मध्ये ५५ जनाले हस्ताक्षर गरेका कारण माधव नेपालको पार्टीले मान्यता पाउने पक्का भएको छ ।
यी हुन्, सनाखत गर्ने ३० संघीय सांसद
माधवकुमार नेपाल
मुकुन्द न्यौपाने
कल्याणीकुमारी खड्का
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
रामकुमारी झाँक्री
निरादेवी जैरु
प्रेमबहादुर आले
मेटमणि चौधरी
सरला यादव
भवानी खापुङ
पुष्पाकुमारी कर्ण कायस्थ
समिना हुसेन
कृष्णलाल महर्जन
कृष्णकुमार श्रेष्ठ
कलिला खातुन
हिराचन्द्र केसी
धनबहादुर बुढा
गोपालबहादुर बम
पार्वतीकुमारी विशुंखे
लक्ष्मी चौधरी
विना बुढाथोकी
बेदुराम भुसाल
शेरबहादुर कुँवर
ठगेन्द्रप्रकाश पुरी
उदया शर्मा (पौड्याल)
सिंगबहादुर विश्वकर्मा
नन्दा चपाईं
शान्तिकुमारी अधिकारी जिसी
झलनाथ खनाल (भारतबाट सनाखत)
यी हुन्, सनाखत गर्ने ५५ केन्द्रीय सदस्य
माधव नेपाल
मुकुन्द न्यौपाने
प्रदीप नेपाल
बेदुराम भुसाल
प्रमेशकुमार हमाल
राजेन्द्रप्रसाद पाण्डे
डा विजयकुमार पौडेल
गंगालाल तुलाधर
प्रकाश ज्वाला
नागेन्द्रप्रसाद चौधरी
जयन्ती राई
तुलबहादुर गुरुङ
जगन्नाथ खतिवडा
प्रतापलाल श्रेष्ठ
जीवनराम श्रेष्ठ
धर्मनाथप्रसाद साह
रामचन्द्र यादव
यदुवंश झा
रत्नेश्वर गोइत यादव
श्रीप्रसाद साह
रविन्द्र बैठा धोवी
लक्ष्मण पौडेल
मदनकुमारी शाह ९गरिमा०
विरोध खतिवडा
मेटमणि चौधरी
विश्वनाथ प्याकुरेल
प्रेमलकुमार खनाल
विजय गुरुङ
सावित्रा भुसाल
रामकुमारी झाँक्री
गौरा प्रसाईं कोइराला
रामकुमार ज्ञवाली
खगेन्द्र चुडाल
सरलाकुमारी यादव
सुधिरप्रसाद साह
कल्याणीकुमारी खड्का
शत्रुघन महतो
रामचन्द्र साह
दिनेशकुमार राई
हंशबहादुर शाही
शेरबहादुर केसी
निरादेवी जैरु
प्रेमबहादुर आले
भागवत नेपाली
चुडामणि विक जंगली
घनेन्द्र बस्नेत
राजेन्द्रकुमार राई
बलदेव चौधरी
डा देउमान सम्बाहम्फे
भाष्कर काफ्ले
कृष्णप्रसाद खनाल
मोहम्मद महफुज अन्सारी
हरिप्रसाद पराजुली
केदार न्यौपाने
झलनाथ खनाल (भारतबाट सनाखत)
सनाखत गरेर निर्णय हुन बाँकी सांसदहरु
माया ज्ञवाली
तुलसा थापा
सोमप्रसाद पाण्डे
सरलादेवी सुवेदी
