काठमाडौं । जापानबाट दुई लाख मात्रा अष्ट्राजेनिका खोप काठमाडौं ल्याइएको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई जापानले १६ लाख खोप दिने प्रतिबद्धता अनुरुप सो खोप आइपुगेको हो ।
शनिबार २ लाख ८ हजार ७ सय खोप आइपुगेको र बाँकी नौ लाख ४८ हजार ७ सय डोज खोप भने भदौ ७ गतेसम्म आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
ल्याइएको खोप टेकुमा भण्डारण गरेर सबै प्रदेशहरूमा चाँडै वितरण गरिने बताइएको छ । प्रदेश १ र २ मा ६५ वर्ष उमेर समूहका नागरिकलाई कोभिसिल्डको दोश्रो खेपको खोपको रूपमा अष्ट्राजेनिका खोप दिने मन्त्रालयले जनाएको छ ।
नेपालले अहिलेसम्म एक करोड, आठ लाख, ६० हजार १ सय ७० डोज खोप प्राप्त गरेको छ । त्यसमध्ये २४ लाख ४८ हजार कोभिसिल्ड, १६ लाख जोन्सन एन्ड जोन्सन, ७४ लाख भेरोसेल र दश लाख ७७ हजार ३ सय २० डोज अष्ट्राजेनिका खोप रहेका छन् ।