काठमाण्डौ । नेपालमा बैंक खाता खोल्नेको संख्या ३ करोड ६३ लाख पुगेको छ ।
नेपाल राष्ट्र बैंकले आज वित्तीय पहुँच सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै बैंक खाता खोल्नेको संख्या ३ करोड ६३ लाख पुगेको जनाएको हो । राष्ट्र बैंकका अनुसार कुल जनसंख्याको ६७ दशमलव ३४ प्रतिशत नागरिक बैंकिङ पहुँचमा जोडिएका छन । बैंकिङ कारोबारमा महिलाहरु सक्रिय देखिएको प्रतिवेदनमा उल्लेख छ । कुल निक्षेप खातामध्ये ६७.७ प्रतिशत खातामात्रै सक्रिय रहेका छन् । यसमा पनि महिलाको खाता धेरै सक्रिय रहेको राष्ट्र बैंकले जनाएको छ । मुलुकभर ७ सय ५३ स्थानिय तहमध्ये वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको शाखा ७ सय ५० स्थानीय तहमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।
पछिल्लो समय मोवाइल बैंकिङका प्रयोगकर्ता बढ्दै गएको राष्ट्रबैंकले जनाएको छ । यस्तै, ऋण लिन ‘सम्पत्ति धितो’ राख्नुपर्ने लगायतका झन्झटिलो प्रक्रियाका कारण कर्जा लिनेको संख्यामा भने कमी आएको छ ।००००
