काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराले नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने बताउनु भएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक महिना बितिसक्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गर्नु भएको हो । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गर्ने व्यक्तिले नै पार्टी फुटाउन पाउने गरी अध्यादेश ल्याएको भन्दै उहाँले कांग्रेसले सरकार चलाउन नसक्ने दाबी गर्नुभएको हो ।००००
