काठमाण्डौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम फेरिएको छ ।
यसअघि पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने प्रस्ताव गरेको नेपाल पक्षले आज नाम परिवर्तनको निर्णय भएको हो । अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी अर्थात् नेकपा एकीकृत समाजवादी हुने नेता नागेन्द्र चौधरीले जानकारी दिनुभयो । आयोगले अन्य पार्टीसँग मिल्दोजुल्दो नाम राख्न नपाइने जानकारी गराएपछि नेपाल पक्षले पार्टीको नाम फेर्ने निर्णय गरेको हो । आज नेता राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गर्नुभएको हो । त्यस्तै यसअघि ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकोमा उक्त संख्य बढाएर १ सय १५ पु¥याइएको छ ।
चुनाव चिन्हको बारेमा भने अझै निर्णय नभएको नेपाल पक्षका नेताहरुले बताएको छन । नयाँ पार्टीका लागि ‘खुला किताब’ चुनाव चिन्ह प्रस्ताव गरिएपनि उक्त चिन्ह अर्को पार्टीसँग मिलेपछि विवाद सिर्जना भएको थियो ।००००
