सिन्धुलीमाढी। सिन्धुलीको कमलामाई नगरपालिका ४ को ढु्ङ्ग्रेबासको २ नम्बर गेटबाट पारीको बस्तिमा जोड्ने अस्थाई पुल(कल्भर्ट) खोलाले बगाउँदा स्थानीयले सास्ती बेहोर्नु परेको छ। जेठ महिनामा आएको बाढिले कल्भर्ट भत्काउदा धुरा फाँट,पोखरेल गाउँ, रायडि, देउराली, सातपत्रे लगायतको बस्तिका स्थानीयलाई सास्ती बेहोर्नु परेको हो।

हरेक वर्षको बर्खामा आएको बाढिले कल्भर्ट भत्काईदिन्छ फेरि हिँउद लागेपछि कल्भर्ट बन्छ बर्खा भरि सामान ओसार पसार गर्ने कठिन हुने रायडिका स्थानीय बिमला बिशंखेले बताउनु भयो । हिउँदमा बनेको कल्भर्टले ४ महिना टिक्छ बर्खामा ग्वाङ खोलामा आएको बाढिले बल्भर्ट बगाइदिन्छ उहाँले बताउनु भयो। त्यस्तै अर्का देउरालीका स्थानीय हरी आछामिले भन्नुभयो “ढुङ्ग्रेबास ५ मिनेटको बाटो जानलाई धुरा हुँदै बसपार्क घुमेर रातमाटा हुँदै आउनु पर्छ” मोटर साइकलमा यात्रा गर्ने कठिनाई भएको भन्दै सोही स्थानको झोलुङ्गे पुलबाट जाने ब्यबस्था गरेपनि झोलुङ्गे पुलकाट यात्रा गर्ने जोखिम रहेको उहाँले गुनासो गर्नुभयो । उक्त स्थानमा हरेक वर्ष कल्भर्ट बाढिले बगाएपछि सवारि साधन आवात जावतमा कठिनाईभएको बताउँदै आएका छन्।

असार लागेपछि स्थानीय लाई आवात जावतमा जोखिमपुर्ण यात्रा गर्नुपरेको स्थानीयले गुनासो गरेका छन् । दुई नम्बर गेट र पारिको बस्ति जोड्ने पक्कि पुल निर्माण गर्दिय स्थानीयलाई सास्ति बेहोर्नु नपर्न अर्का स्थानीय शोभा बस्नेतले बताउनु भयो । यता कमलामाई ४ बडा नम्बर ४ का बडाअध्यक्ष महेन्द्र प्रसाद ढकालले भने गत नक्सा पास हुन बाँकि रहेकाले पुल पक्कि पुल निर्माणको काम रोकिएको बताउनु भयो । सम्भबत आउँदो कार्तिक बाट निर्माण कार्य अगााडि बढ्ने उहाँले बताउनु भयो । उहाँका अनुसार भौतिक योजना पुर्बाधार मन्त्रालय काठमान्डौँको ११ करोड बजेड परेकोमा ८ करोड ५० लाखमा माहादेब खिम्ति कन्ट्रक्सनलाई निर्माणको जिम्मा दिइएको छ ।