काठमाण्डौं । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा पाँच वटा छुट्टाछुट्टै रिट परेको छ । 

अधिवक्ता अर्जुनकुमार अर्याल, सकुन्तला भुषाल, निवेश लम्साल, अनुपा अर्याल, प्रवेश केसी, श्रीकान्त बराललगायतले अध्यादेश संविधान विपरित भएको भन्दै खारेजको माग गरेका छन । रिटमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जारी भएको अध्यादेश बदर गर्न अन्तरिम आदेश माग गरिएको छ । सर्वोच्चका प्रवक्ता बावुराम दाहालले पेश हुन आएका पाँच रिट दर्ता प्रक्रियामा रहेको बताउनु भयो । हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारीसमा अध्यादेश जारी गर्नुभएको थियो ।